अस्ट्रेलिया – सोमबार दिउँसो १:१५ बजे ( सिड्नीको समय अनुसार ) सिड्नीको दक्षिणपश्चिम क्षेत्रमा पर्ने अुबर्नको South Parade स्थित M Brothers कबाब पसलबाहिर गोलीकाण्ड हुँदा तीन जना व्यक्ति घाइते भएका छन्।
घटनापछि Triple Zero (000) मार्फत आपतकालीन कल आएलगत्तै न्यू साउथ वेल्स (NSW) प्रहरी तथा एम्बुलेन्स टोली घटनास्थलमा पुगेका थिए। घाइतेहरूलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको छ।
प्रहरीले घटनालाई “public place shooting” को रूपमा उल्लेख गर्दै अनुसन्धान जारी राखेको जनाएको छ। घटनास्थल र वरपरका सडकहरू बन्द गरिएका छन्, र सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ।
यो घटना Auburn Station नजिकै भएको हो।


