अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर मेयर दम्पतीले गरे रक्तदान

भरतपुरकी मेयर रेनु दाहाल र उनका श्रीमान अर्जुन पाठकले रक्तदान गरेका छन् ।

अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा दिवसको अवसर पारेर आज  जेठ ३१ गते शनिवार भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा बृहत्  रक्तदान महोत्सव भैरहेको छ । सोही कार्यक्रममा मेयर दम्पतीले रक्तदान गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी मेयर दाहालले रक्तदान गर्दै आफू नियमित रक्तदाता भएको र रक्तदान जस्तो पुन्य काममा जोडिन पाउँद खुशी लाग्ने बताइन ।

 

सोही क्रममा श्रीमान अर्जुन पाठकले आफुले दिएको रगतले अरुको ज्यान बच्ने हुदा आफू पनि रक्तदान गर्ने र अरुलाइ रक्त्दान गर्न प्रोत्साहन पनि गर्ने गरेको बताए ।

ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा नेपालमै पहिलोपटक रक्तदान महोत्सव भएको हो ।

आयोजक ब्लड डोनर्स सोसाइटी चितवनले आज एकैदिन एक हजार ५ सय पिन रगत संकलन गर्ने लक्ष्य रहेकोमा आम रक्तदाताहरुको सहभागिता देख्दा उक्त लक्ष्य हासिल हुनेमा बिश्वस्त रहेको जनाएको छ ।

स्थलगत अवलोकन गर्दा नयाँ युवा रक्तदाताहरु रक्तदान कार्यमा उत्साहका साथ धेरै बेर लाइनमा बसेर पनि रक्तदान गरिरहेको देख्न सकिन्थ्यो ।

मानिसको शरिरबाट तीन तीन महिनामा खेर जाने रगतलाई दान गर्दा शरिरलाई घाटा भन्दा बढी फाइदा नै हुने कार्यक्रममा सरिक फिजिसियन डाक्टर भोजराज अधिकारीले बताएका छन् ।

नियमित औषधि सेवन गर्ने र दिर्घरोगी बाहेक १८ बर्षदेखि ६५ वर्ष उमेर समुहका मानिसले रक्तदान गर्न मिल्ने अधिकारीको भनाइ छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु