चितवनमा शुक्रबारदेखि आकारुई नकआउट फुटसल प्रतियोगिता हुने

चितवन – आकारुई एजुकेसन कन्सल्टेन्सी प्रा. लि. चितवनको आयोजनामा शुक्रबारदेखि नकआउट फुटसल प्रतियोगिता हुने भएको छ । चितवनको बाह्रघरेस्थित कास्सी स्पोर्ट्स फुटसल परिसरमा प्रतियोगिता हुन लागेको हो ।

आयोजक संस्था आकारुई एजुकेसनका संस्थापक प्रज्वल पौडेलले प्रतियोगितामा चितवन, नवलपुर र मकवानपुरबाट दुई समूहमा २६ वटा कलेज (प्लस टु) बिच प्रतिस्पर्धा हुने जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल शुक्रबार दिउँसो १ बजे समूह ए का नारायणी पब्लिक कलेज र वाल्मिकी कलेजबिच हुनेछ ।

समूह ए बाट ओम शान्ति कलेज, अरुणोदय मावि, ग्लोरियस कलेज, मकवानपुर एमसी, स्टेप बाइ स्टेप, सनराइज कलेज, एसओएस कलेज, गैँडाकोट नमुना, सैनिक कलेज, अर्किड कलेज र प्रेसिडेन्सी कलेज प्रतिस्पर्धी छन् । समूह बी बाट बालकुमारी कलेज, अरोमा कलेज, अर्बिट कलेज, लिटिल फ्लावर कलेज, श्री सिद्धि विनायक, होलिभिजन कलेज, एपेक्स कलेज, कमलदेवी रामपुर, चितवन बोर्डिङ क्षेत्रपुर, विश्वप्रकाश मावि, अक्सफोर्ड कलेज, प्रभात मावि र गुरुकुल कलेज सहभागी छन् ।

दुई दिनसम्म संचालन हुने प्रतियोगिताको फाइनल खेल शनिबार साँझ ६ बजे सेमीफाइनल विजेता दुई समूहबिच हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु