भरतपुर महानगर मेयर विपन्न आवास कार्यक्रम अन्तर्गत घरहरु निर्माणका लागि टेण्डर आह्वान

चितवन – भरतपुर महानगर मेयर विपन्न आवास कार्यक्रम अन्तर्गत घरहरु निर्माणका लागि टेण्डर आह्वान गरिएको भरतपुर महानगरपालिकाले जनाएको छ ।

गरिब, निमुखा, सिमान्तकृत परिवारहरुको लागि घर बनाउने नगर प्रमुख रेनु दाहालको सपना अनुसार भरतपुर महानगर मेयर विपन्न आवास कार्यक्रम अन्तर्गत यस आ.व. २०८१/८२ को लागि ७० वटा घरहरु निर्माण गर्न टेन्डर आहावान गरिएको हो ।

छनौट भएका कुल १सय ३९ वटा घरहरुमध्ये बाँकी ६९ वटा घरहरु अर्को आ.व. २०८२/८३ मा बन्नेछ । यी घरहरु निर्माण गर्दा सम्बन्धित लाभग्राहीलाई केही पनि आर्थिक भार नपर्ने व्यवस्था गरिएको महानगरले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु