‘किन लाशलाई सोझो बाँस चाहिन्छ ?’

चितवन – कल्कलाउँदो उमेरका विधान पौडेलले शनिबार बिहान माडीको सोमेश्वर गढीमा गजल सुनाए ।

माडी क्षेत्रको कला, संस्कृति, भाषा, साहित्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोमेश्वरगढीमा शनिबारगढीमा गजलविशेष साहित्यिक कार्यक्रम गरिएको हो । सोही कार्यक्रममा पौडेलले गजल सुनाएका हुन् ।

उनको गजल यस्तो थियो,

यहाँ लाशलाई त सोझो बाँस चाहिन्छ

म त जीवितै छु आनन्दको एक गास चाहिन्छ

Forbes

न त बाँसले लाशलाई सजाउँछ, न त बिझाउँछ

फेरि किन लाशलाई सोझो बाँस चाहिन्छ ?

गजल मञ्च चितवन माडी नगरपालिकाको संयुक्त आयोजनामा भएको उक्त कार्यममा बागमतीप्रदेशका शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल प्रमुख अतिथि थिए । उनले मग्न भएर सबै गजल सुने ।

माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतो, माडी का वडाध्यक्ष गणेशप्रसाद घताने, माडी का वडाध्यक्ष दण्डपाणि पौडेललगायत  विशिष्ट अतिथि थिए

कार्यक्रममा माडीसँगै भरतपुर गैँडाकोटका साहित्यिक सर्जकहरुले माडीको परिवेश विषयवस्तु समेटिने गरी सहित्यिक रचना एवम् गजल प्रस्तुत गरेका थिए

कार्यक्रममा डाक्टर रविन बस्ताकोटी, भानु सापकोटा, प्रेम कँडेल, अनाम किरण, श्याम खड्का, निश्चल तिवारी, शिव अधिकारी, विकास बराल, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलिया, कृष्णप्रसाद न्यौपाने, बालकृष्ण तिवारी, सन्तोष कश्यप अधिकारी, सुमन तिमिल्सिना, राजु आचार्य दीप, सुनिल महतो, विपिन पाठक, प्रविन सन्नाटा, विमर्श कँडेल, विनोद अनुज, सुलभबन्धु पोखरेल, लेखराम सापकोटा, रमेश प्रभात, पुष्प अधिकारी अञ्जली, सूर्यप्रकाश कँडेल, प्रेम विष्ट, समिता पौडेल न्यौपानेलगायतका स्रस्टाले रचना वाचन गरे 

कार्यसमिति सदस्य प्रविन सन्नाटा संयोजक रहेको कार्यक्रमलाई सचिव प्रमिला सानुले सहजीकरण गरेकी थिइन् कार्यक्रममा सहभागी हुन शुक्रबार नै माडी पुगेका स्रस्टाहरुले माडीका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन समेत गरेका थिए

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु