चितवन – वाइसिएल, मजदुर र विद्यार्थी संगठन चितवनको संयुक्त आयोजनामा शनिबार भरतपुरस्थित नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टी कार्यालय परिसर सरसफाइ गरिएको छ । नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज घनश्याम दाहाल अविनाशको नेतृत्वमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला इन्चार्ज अविनाशले पार्टी कार्यालय परिसरमा नियमितरुपमा सरसफाइ हुने गरेको जानकारी दिँदै आउँदा दिनमा पनि यसलाई निरन्तरता दिइने बताए । उनले वर्षा याममा झारहरु बढ्ने भएकोले यही बेला पारेर पार्टी कार्यालय परिसर सरसफाइ गरिएको बताए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर कमिटी अध्यक्ष ईश्वर सापकोटा सुमन, विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष कृष्ण सुनार, वाइसिएलका केन्द्रीय सदस्य किरण धामी, मजदुर संगठनका जिल्ला अध्यक्ष नवराज लामिछाने, वाइसिएल जिल्ला अध्यक्ष दुर्लभ शाही, अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष सुसन चितवने, वाइसिएल महानगर इन्चार्ज दिपेन्द्र पण्डित, जिल्ला पार्टी सदस्य विजय परियारलगायत सयौँ जनाको उपस्थिति थियो ।







