चितवन ग्रीन लायन्स क्लबको अध्यक्षमा बिनोद प्रधान चयन

चितवन – चितवन ग्रीन लायन्स क्लबको अध्यक्षमा बिनोद प्रधान  चयन भएका छन् । क्लबको सम्पन्न ११औं साधारण सभा तथा अधिवेशनले बिनोद प्रधानको अध्यक्षतामा सात सदस्य समिती चयन गरेको हो ।

क्ल्बको प्रथम उपाध्यक्षमा देवन्द्रराज रेग्मी, दितीय उपाध्यक्षमा बिजय लामिछाने , तितृीय उपाध्यक्षमा मन्जित ढकाल सचिवमा रुपा गुरुङ र कोषाध्यक्षमा मनोज सापकोटा चयन भएका छन् ।
कार्यक़्रममा क्लबका पूर्वअध्यक्षहरु प्रकाश पौडेल , माधव रेग्मी, दीपक चन्द्र भट्टराई , किशोर चन्द्र सापकोटा, ,गुणराज दाहालले नवनिर्बाचित पदाधिकारीहरुलाई बधाई दिदै भावी योजनाको बारेमा मार्ग निर्देशन गरेका थिए ।

कार्यक़्रम क्लबका अध्यक्ष समुन्द्र अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संस्थापक अध्यक्ष भोजबाहदुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु