बुद्ध जयन्तीमा कोशिश अस्पतालमा नि:शुल्क चेकअप क्याम्प

चितवन – कोशिश अस्पताल भरतपुरमा नि:शुल्क चेकअप क्याम्प संचालन हुने भएको छ । वैशाख २९ गते सोमबार बुद्ध जयन्तीको अवसर पारेर हस्पिटलले ओपिडी सेवा र लिपिड प्रोफाइल चेक नि:शुल्क गर्ने भएको हो ।

अस्पतालका प्रबन्ध निर्देशक डा. सन्तोष गुरुङले ओपिडी सेवा र लिपिड प्रोफाइलको नि:शुल्क जाँचका साथै अन्य विभिन्न सेवामा विशेष छुटको योजना पनि ल्याइएको बताए । उनकाअनुसार भिडियो एक्स–रेमा ५० प्रतिशत, एक्स–रे, ल्याब र सर्जरीमा २५–२५ प्रतिशत एवं औषधीमा पाँच प्रतिशत छुटको समेत गरिएको छ ।

बुद्ध जयन्तीका अवसरमा शान्ति, करुणा र सेवाभावका साथ विशेष स्वास्थ्य सेवा ल्याइएको अस्पतालले जनाएको छ । यो सेवा बिहान नौ बजेदेखि दिउँसो दुई बजेसम्म जारी रहने अस्पतालका प्रबन्ध निर्देशक डा. सन्तोष गुरुङले जानकारी दिए ।
कोशिश अस्पतालले यसअघि पनि कर्पोरेट सोसियल रेपोन्सिबिलिटी अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुसँग मिलेर नि:शुल्क हेल्थ क्याम्प गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु