वीरगञ्ज – मधेस प्रदेशमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदीको सरुवा भएको छ । नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएसंगै प्रहरी प्रधान कार्यालयले मधेसमा चतुर्वेदीको सरुवा गरेको हो ।
यसघिका डिआइजी लालमणि आचार्यको बढुवा भएपछि उनको ठाउँमा चतुर्वेदीको सरुवा भएको हो । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले डिआइजीहरूको सरूवा गरेको हो ।
यसैगरी प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार, कोशी प्रदेशमा ईश्वर कार्की, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेशकुमार आचार्य, लुम्बिनीमा राजेन्द्रप्रसाद भट्ट र सुदूरपश्चिममा डम्बरबहादुर विकलाई सरुवा गरेको हो ।


