अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भरतपुरका तीन जना खेलाडीले जिते स्वर्णपदक

चितवन – आइतबार जापानको ओसाकामा सम्पन्न २१औँ वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चितवनबाट सहभागी खेलाडीहरूले तीन वटा स्वर्णपदक जितेका छन् । भरतपुर-११, बर्मेलीचोकस्थित प्रेरणा तेक्वान्दो डोजाङबाट सहभागी तीन जना खेलाडीले एक-एक वटा स्वर्णपदक जितेका हुन् ।

तीन जना खेलाडीमध्ये योगेश कवर योगीले ३० वर्षमुनिको उमेर समूहमा एकल पुम्से अन्तर्गत स्वर्णपदक जितेका छन् । प्रतियोगितामा फाइटतर्फ ४८ केजी तौल समूहमा सुलभ शर्मापुम्सेतर्फ १४ वर्ष उमेर समूहमा सफल लामाले थप स्वर्णपदक जितेका छन् ।

बैशाख १२, १३ १४ गते २१ औं वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका खेलहरू भएका थिए । प्रतियोगितामा सहभागी हुनका लागि प्रेरणा तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष योगेश कवर योगीसहित चितवनका दुई जना खेलाडी जापानको ओसाका प्रस्थान गरेका थिए

यसअघि कवर योगीको नेत्तृत्वमा २०८१ साल असोजको गते भारतको कोलकत्तामा भएको अन्तर्राष्ट्रिय मार्सलआर्ट प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेको थियो  उक्त प्रतियोगितामा प्रेरणा तेक्वान्दो डोजाङबाट जना खेलाडी सहभागी भएका थिए

२०८१ साल कात्तिक १० ११ गते थाईल्याण्डमा भएको १०औं तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रेरणा तेक्वान्दो डोजाङबाटै जना खेलाडी सहभागी भई पुम्सेतर्फ एक जनाले रजतपदक  जनाले कास्यपदक जितेका थिए  फाइटतर्फ पनि जना खेलाडी सहभागी भएई एक जनाले रजतपदक  जना कास्यपदक जितेका थिए

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु