चितवन – लायन्स क्लब अफ नारायणी चौतारीको अध्यक्षमा रामहरी अधिकारी चयन भएका छन् । इच्छाकामना गाउँपालिकामा सम्पन भएको १४ औँ अधिवेशनले लायन बर्ष २०२५ –२६ का लागि अधिकारीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा रेशमलाल फुयाल, द्धितिय उपाध्यक्षमा विश्वनाथ पौडेल, सचिवमा वासुदेव तिमिल्सिना, कोषाध्यक्षमा रामजी दाहाललाई चयन गरेको छ ।
लायन बर्ष २०२४-२५ का अध्यक्ष भोजराज काफ्लेको अध्यक्षतामा सम्पन भएको उक्त कार्यक्रममा प्रमुख अतिथी संस्थापक अध्यक्ष एवम् डिष्ट्रिक एक्जुकेटिभ चिफ MJF मेघनाथ बराल, क्लवका पुर्व अध्यक्ष तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमकाे संयाेजक पुर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीले गर्नुभएकाे थियाे। लायन्स क्लब अफ नारायणी चौतारीले बिगतदेखी समाजमा रहेर विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।