सरल नेपालले दिइरहेछ विद्यालयका बालबालिकालाई उदघोषण तालिम

चितवन – भरतपुर महानगरपालिका, सामाजिक विकास महाशाखा अन्तर्गतको गैरसरकारी संघसंस्था समन्वय तथा सामुदायिक परिचालन शाखाको सहयोगमा सरल नेपालले विभिन्न विद्यालयका बालबालिकाहरुलाई उदघोषण तालिम दिइरहेको छ ।

गत माघ २० गते भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष कृष्णकुमार गुरुङले अन्नपूर्ण माविमा आयोजित कार्यक्रममा तालिमको उद्घाटन गरेका थिए ।

तालिमको समापन कार्यक्रम फागुन १५ गते बिहान १० बजे बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा आयोजना हुने र उक्त कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी रहने सरल नेपालका अध्यक्ष मनिष पौडेलले जानकारी दिए ।

तालिम समापन हुँदासम्म १० वटा विद्यालयका सात सयभदा बढी विद्यार्थीहरुलाई तालिम दिइसक्ने लक्ष्य लिइएको अध्यक्ष पौडेल बताउँछन् । एउटा विद्यालयमा दुई दिनसम्म तालिम संचालन गर्दै आइरहेको उनले जानकारी दिए ।

विद्यालयका बालबालिकाहरुलाई पत्रकार आयुष न्यौपाने र सरल नेपालका सल्लाहकार सञ्जीव पौडेलले उदघोषण सम्बन्धी प्रशिक्षण दिइरहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु