एमजेएफ लायन सापकोटालाई पाँच वटा क्लस्टरले गरे बिदाई

चितवन – लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आरका प्रथम भाइस गभर्नर एमजेएफ लायन नवराज सापकोटालाई लायन्स क्लस्टर नम्बर २, ३, ४, ५ र ६ ले संयुक्तरुपमा बिदाई गरेका छन् ।

लायन्स इन्टरनेसनलको अन्तर्राष्ट्रिय सेमीनारमा सहभागी हुन अमेरिका जान लागेका सापकोटालाई पाँच वटा क्लस्टरले दियालो फुडल्याण्ड क्षेत्रपुरमा सोमबार एक कार्यक्रमको आयोजना गरी बिदाई गरेका हुन् ।

फेब्रुअरी ११ देखि १४ तारिखसम्म अमेरिकाको चाल्र्स इल्लिनोजमा हुन लागेको डिजिई सेमिनारमा सहभागी हुन एमजेएफ लायन सापकोटा एक महिनाको लागि अमेरिका जान लागेका हुन् । उक्त सेमीनारमा दुई सय १० राष्ट्रबाट ७ सय ५० जना डिस्ट्रिक्ट गभर्नर सहभागी हुँदै छन् ।

सेमिनारमा ५० भन्दा बढी समूह विभाजन गरी कार्यक्रम हुनेछ भने नेपाल समूह १५ मा परेको छ । यसको समूह नेता पिआइडी सञ्जय खेतान रहेका छन् ।

लायन्स क्लस्टर नम्बर ४ चिफ डा. गंगा सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि डिस्ट्रिक्ट ३२५ आरका गभर्नर दीनानाथ न्यौपाने थिए ।

कार्यक्रममा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित, विभिन्न क्लस्टर चिफ लगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु