प्रियंकालाई बलिउडमा कमब्याक गराउँदैछन् एसएस राजामौली

एटुजेड समाचार

काठमाडौँ – अभिनेत्री प्रियंका चोपडाले एसएस राजामौलीको आगामी तेलुगु फिल्ममा साइन गरेकी छिन् । लामो समयदेखि भारतीय सिनेमामा कमब्याकको प्रतीक्षामा रहेकी उनि  केही समय पहिले फरहान अख्तरको फिल्म ´जी ले जरा` बाट कमब्याक गर्ने तयारीमा थिइन् तर अहिले यो फिल्म अलपत्र परेको देखिन्छ ।

यो फिल्म अफ्रिकी जङ्गल एडभेन्चरमा आधारित हुन लागेको हो, यद्यपि फिल्मको नाम भने तय भइसकेको छैन । फिल्ममा साउथ स्टार महेश बाबु अनुसन्धानकर्ताको भूमिकामा देखिनेछन् ।

पिंकभिल्लाको हालैको रिपोर्ट अनुसार बाहुबली र आरआरआरको सफलतापछि एसएस राजामौली एउटा एपिक फिल्म बनाउन लागेका हुन् । निर्माण पक्षले फिल्मको स्क्रिप्ट तयार गरिसकेको छ ।

फिल्मको छायांकन भारतबाहेक अमेरिका र अफ्रिकाको जंगलमा पनि हुनेछ । यो फिल्म २०२७ मा रिलिज हुने तयारीमा छ । रिपोर्टका अनुसार, यो तेलुगु फिल्म प्यान इन्डिया फिल्म हुनेछ, जुन हिन्दी, तमिल, मलयालम र कन्नड भाषाहरूमा पनि रिलिज हुनेछ।

फिल्मका लागि एसएस राजामौली विश्वव्यापी रूपमा चिनिने अभिनेत्रीको खोजीमा थिए । पछिल्ला ५–६ महिनामा उनले प्रियंकालाई धेरै पटक भेटेर उनको नाम फाइनल गरे । यस फिल्मलाई विश्वव्यापी स्तरमा लैजान डिज्नी र सोनी पिक्चर्स जस्ता ठुला स्टुडियोसँग वार्ता भइरहेको छ ।

प्रियंका चोपडाको बारेमा कुरा गर्दा, उनी पछिल्लो पटक भारतीय ठुलो पर्दाको फिल्म ´द स्काई इज पिंक` (२०१९) मा देखिएकी थिइन् भने  (२०२१) मा उनी नेटफ्लिक्स फिल्म ´द व्हाइट टाइगर`  देखिएकी थिइन् ।

प्रियंकासँग धेरै हलिउड फिल्महरू छन्। उनी छिट्टै द ब्लफ र हेड अफ स्टेट्स जस्ता हलिउड फिल्ममा देखिनेछिन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु