फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा राम प्रसाद पौडेलको उम्मेद्बारी

चितवन – फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा युवा व्यवसायी राम प्रसाद पौडेलले आफ्नो उम्मेद्बारी दिएका छन् ।
पौष ०८ गते सोमबार  हुन गैरहेको संघको ३६ औं बार्षिक साधारण सभा एवं १९ औं अधिवेशनमा पौडेलले उम्मेद्बारी दिएका हुन् । पौडेल अहिले संघको बरिस्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् ।

बरियता क्रमले पनि अध्यक्षको जिम्मेवारी सम्हाल्ने पालो आएको हुदा उम्मेद्बारी दिएको उनी बताउछन् । व्यवसायी साथिहरुसंग मित्रभाव राख्ने, परेको बेला सबैलाई साथदिने हुनाले पनि व्यवसायीहरुमाझ लोकप्रीय उनी साथीभाइको आग्रहमा जिम्मेवारी लिन लागेको बताउछन् ।

पौडेलले बिगत १३ वर्षदेखी नारायणगढको कमलनगरमा पौडेल कलेक्सन, पौडेल ब्याग हाउस र पपुलर बेबि कलेक्सन चलाइरहेका छन् । २०७३ सालदेखि निरन्तर संघमा कर्यसमिती सदस्य, उपाध्यक्ष हुँदै बरिस्ठ उपाध्यक्षको जिम्मेवारी निभाइसकेका उनी योग्य र सबैको प्रीय क्यान्डिडेटको रुपमा चिनिन्छन ।

नयाँ नेतृत्व चयनका लागि पौष ४ गते भएको मनोनयनमा अध्यक्ष बाहेक अन्य सबै पदमा एकएक जनाको मात्रै उमेदवारी परेकाले सबै पद सर्वस्म्मत भएको छ । त्यसैले पौष ०८ गते मंगलबार हुने अधिवेशनले अध्यक्षको मात्रै टुंगो लगाउने भएको फेन्सी व्ययवसायी संघ नारायणगढले जनाएको छ ।

अध्यक्ष पदमा हालका बरिष्ठ उपाध्यक्ष रामप्रसाद पौडेल र यमप्रसाद घिमिरे विच प्रतिष्पर्धा हुनेछ ।

सर्वसम्मत भएका अध्यक्ष बाहेकका पदाधिकारी तथा सदस्यहरु
बरिष्ठ उपाध्यक्ष- टंक प्रसाद सापकोटा
उपाध्यक्ष- डिलाराम खरेल
सचिव- विपिन रिजाल
कोषाध्यक्ष- पवित्रा पौडेल
सदस्यहरु
विपिन अर्याल, अनिता न्यौपाने, संगिता उपाध्याय, सन्तोष पोखरेल,पर्वती आचार्य ,रामचन्द्र धिताल अस्मिता सापकोटा, विकास सापकोटा, नविदिन मिया (नविन), भानु सापकोटा , लक्ष्मण पौडेल, प्रविन सापकोटा, संगिता उपाध्याय रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु