सनराइज स्कुलको वार्षिकोत्सवमा विद्यार्थीले देखाए प्रतिभा

चितवन – सनराइज इङ्ग्लिस सेकेन्डरी स्कुल, भरतपुरले शुक्रबार आयोजना गरेको सैँतिसौँ वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूले खुलेर आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा नर्सरी र एलकेजीका विद्यार्थीले ‘ताराबाजी लैलै मेरो किताब खै’ बोलको गीतमा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । एलकेजी र युकेजीका साना नानीहरूले ‘आएम बार्बी गर्ल’ बोलको गीतमा मनमोहक नृत्य प्रस्तुत गरे ।

विभिन्न समूहबाट दर्जनभन्दा बढी नृत्य प्रस्तुत भएको कार्यक्रममा कक्षा १ र २ का विद्यार्थीले संयुक्त परिवारको महत्व झल्काउने लघुनाटक प्रस्तुत गरे । यसैगरी कक्षा ३-५ का विद्यार्थीले अर्को पूर्णाङ्की नाटक देखाए, जसमा एक दृष्टिविहीन बालकको सफलताको भावुक कथा समेटिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार उदय अधिकारी प्रमुख अतिथि थिए । उनले विद्यार्थीहरूबाट प्रस्तुत प्रतिभाको प्रशंसा गरे ।

कार्यक्रममा विद्यालयका प्राचार्य शिवकुमार बगालेले वार्षिक प्रगति सुनाएका थिए भने सहायक प्राचार्य भूमिराज तिवारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू