चितवन – भरतपुर महानगरपालिकाभित्रको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो गोलाघाट । नारायणी र राप्ती नदीको दोभान गोलाघाटबाट देखिने सूर्यास्त निकै मनमोहक हुने गर्छ । यही सूर्यास्त हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक गोलाघाट पुग्ने गर्छन् ।
गोलाघाटमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भिड लाग्ने गर्छ । गोलाघाट पुगेका पर्यटकहरुले तस्बिर खिच्ने, भिडियो बनाउने गर्छन् । सूर्यास्तका बेला डुंगा सयर गरेर रमाउने पर्यटक पनि भेटिन्छन् ।










