भरतपुरमा सुख भिल्लाजका भवनहरूको बुकिङ खुला

चितवन – रियल स्टेट ब्राण्ड सुख भिल्लाजले भरतपुर-९, वसन्तचोकबाट ३०० मिटर भित्र ५२ कठ्ठामा भवनहरू बनाउने भएको छ । भिल्लाजले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भवनहरूको बुकङ खुला गरिएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै भिल्लाजका संचालक सदस्य सौरभ तिमिल्सिनाले भवन बुकिङमा छुट योजना ल्याइएको बताए । उनले भने, ‘कम्पनीले १० धुरमा निर्माण गरिने २६९५ वर्गफुटको अढाई तले एउटा भिल्लाको मूल्य दुई करोड ६५ लाख रूपैयाँ राखेको छ । अहिले बुकङ गर्नेहरूलाई ४० लाख छुट दिइने छ । ७० वटा भिल्ला बनाउँदै छौँ ।’

सुख भिल्लाजले सरल भुक्तानी योजना ल्याएको छ । जस अनुसार बुकिङ गर्दा ५, सम्झौता गर्दा १५, डिपिसी गरेपछि १०, भुइँ तला स्लाबपछि १०, दोस्रो तला स्लाबपछि १५, प्लास्टरपछि १०, रङरोगनपछि १०, फिनिसिङपछि १०, भवन हस्तान्तरणपछि १० र परियोजना हस्तान्तरणपछि ५ प्रतिशत भुक्तानी गर्नुपर्नेछ । बुकिङ गरेको दुई वर्षमा भवन हस्तान्तरण गरिने र अढाई वर्षमा परियोजना हस्तान्तरण हुने बताइएको छ ।

सुख भिल्लाजले काठमाडौँको बाफल र सानोभरेङ एवं पर्साको वीरगञ्जमा भिल्ला र अपार्टमेन्ट निर्माण गरी बिक्री गरिरहेको छ । भरतपुरमा निर्माण गरिने भिल्लाहरूमा प्रशस्त इन्टेरियर स्पेस रहने एवं सामुदायिक प्रयोग क्षेत्रमा हरियाली बगैँचा, खेल क्षेत्र, स्विमिङ पुल, जिम हल, मन्दिर, सेमिनार हल रहने संचालक तिमिल्सिनाले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु