चितवन राइनोजको जर्सी, मस्कट र एन्थेम सार्वजनिक

चितवन – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको एउटा टिम चितवन राइनोजले सोमबार भरतपुरमा एक कार्यक्रमबिच जर्सी, मस्कट र एन्थेम सार्वजनिक गरेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरकी मेयर रेनु दाहालले चितवन राइनोजलाई जितको लागि शुभकामना दिइन् । उनले भनिन्, ‘भरतपुर महानगर यो टिमको साथमा छ । चितवन राइनोजलाई अभिभावकत्व प्रदान गर्नेछौँ ।’

चितवन राइनोज क्लब प्रा. लि. का अध्यक्ष आयुष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्तव्य व्यक्त गर्दै खेलाडी कुशल मल्लले खेल मैदानमा राम्रो नतिजा दिन आफूहरू प्रयासरत रहने प्रतिबध्दता जनाए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु