सञ्चालनमा आएको दुई महिना नबित्दै धरहराको लिफ्ट बन्द

काठमाडौं – सञ्चालनमा आएको दुई महिना नबित्दै धरहराको लिफ्ट बन्द भएको छ । पुनर्निर्माण भएको धरहरा गत असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो ।

शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो । निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको उनको भनाइ छ ।

‘लिफ्ट बिग्रेपछि बन्द गरिएको छ, अब सशुल्क गरेर मात्रै चलाउने भन्ने छ, सम्भवतः अब लिफ्ट बनाएर शुल्क निर्धारण गरेर मात्रै सञ्चालन हुन्छ,’ उनले भने ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु