सुनको भाउ फेरि तोलाको एक लाख साठी हजार

काठमाडौँ – नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला एक सय रूपैयाँ नै घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु