मधुमेह : परिवेश, भ्रम र यथार्थ

चितवन – विश्व मधुमेह दिवसको अवसरमा बिहीबार साँझ भरतपुरमा मधुमेह : परिवेश, भ्रम र यथार्थ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

पुष्पाञ्जलि हस्पिटल प्रा. लि., रोटरी क्लब अफ चितवन, मधुमेह समाज चितवन र पुष्पाञ्जलि मधुमेह स्वयंसेवी समाजले संयुक्तरूपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा भरतपुर महानगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख केशव भट्ट, मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजु र सिनियर फिजिसियन डा. भोजराज अधिकारीले मधुमेहबारे आ-आफ्नो प्रस्तुति दिएका थिए ।

डा. अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, सिनियर फिजिसियन प्रा. डा. बुध्दिबहादुर थापा, रोटरी क्लब अफ चितवनका अध्यक्ष  भानु शर्मा, मधुमेह समाजका अध्यक्ष केशव देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पत्रकार सन्दीप श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा उल्लेख्य संख्यामा मधुमेहका बिरामीहरू सहभागी थिए ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु