पर्खी बसे तिमीलाई’को ट्रेलर सार्वजनिक

एटुजेड समाचार

चितवन – पुष २७ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘पर्खी बसे तिमीलाई’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार किरण श्रेष्ठ, रक्षा बुढाथोकी र अनिसा रसाइली सँगै शिव श्रेष्ठ, सुनिता श्रेष्ठ, विल्सन विक्रम राई र मनिष श्रेष्ठ देखिएका छन् ।

माया, प्रेम,बिछोड समेटिएको ट्रेलरमा पठाओ चलाउदै आएका एक युवा सङ्ग जब एक युवती प्रेममा पर्छिन् त्यसपछी आउने उतारचडाबलमा फिल्मको कथा बगेको देखिएको छ ।

दीपक श्रेष्ठको निर्देशनमा तयार भएको फिल्ममा राजाराम बुढाथोकी निर्माता रहेको छन ।राम्रा फिल्म निर्देशन गर्ने निर्देशकको रुपमा गनिएका दिपकले यसपाली दर्शकलाई लभ स्टोरीको मिठो स्वाद चखाउने देखिएको छ ।

शम्भुजित बास्कोटा, महेश खड्का, दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको यो फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, संकल भुजेलको डीओपी, परिच्छेद सेन र पुरुषोत्तम ढुङ्गेलको कथा, पटकथा तथा संवाद, भूपेन्द्र अधिकारीको सम्पादन छ । फिल्मको ट्रेलरले फिल्म प्रती आशा जगाईदिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू