इजरायल – प्यालेस्टाइन द्वन्द्व : मृत्यु हुनेको संख्या २१५० पुग्यो

एटुजेड समाचार

एजेन्सी –  इजरायलमाथि प्यालेस्टाइन विद्रोही समूह (हमास) को आक्रमणमा परी २१५० जनाको मृत्यु भएको पुष्टि भएको छ।  जसमा १२ सय इजरायली र ९५० प्यालेस्टाइनी नागरिक रहेका छन्।

आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्। चारजनाको उपचार भइरहेको छ भने एकजना बेपत्ता छन्।  ​​​​​​हमासको आक्रमणमा परी १४ अमेरिकी र १८ थाइल्याण्डका नागरिकले समेत ज्यान गुमाएको बताइएको छ।

इजरायलले मंगलबार रातभर गाजामा हमासका २०० स्थानमा आक्रमण गरेको जनाएको छ। यसका साथै हमासले प्रयोग गरेको एउटा सुरुङ र दुईवटा परिचालन कमाण्ड सेन्टर पनि ध्वस्त पारेको छ।

इजरायली सेनाले दुई कम्पाउन्डसहित हमासको तालिम स्थलमा पनि आक्रमण गरेको जनाएको छ । बुधबार बिहान गाजा पट्टीमा इजरायली हवाई हमलाको विरोधमा हजारौं प्यालेस्टाइनीहरूले कब्जा गरेको वेस्ट बैंकका सहरमा प्रदर्शन गरेका थिए।

इजरायलले आक्रमणलाई अझ तीव्र बनाउने बताएको छ।  गत शनिबारदेखि इजरायल र हमासबीच आक्रमण जारी छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू