दाइजो प्रथा अन्त्यका लागी उपसभामुख रुवि कुमारी ठाकुरको स्टाटस मार्फत अपिल

एटुजेड समाचार

काठमाडौं – उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो प्रथा अन्त्यका लागि सबैमा अपिल गरेकी छन्। उनले फेसबुक स्टाटस मार्फत अपिल सार्वजनिक गरेकी हुन्  ।

उनले समाजमा अझै दाइजो प्रथा विद्यमान रहेकोप्रति चिन्ता व्यक्त गर्दै यसको अन्त्यका लागि सबैलाई सक्रिय हुन आग्रह गरेकी हुन्।

उनका अनुसार पछिल्लो समय आफूले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरे पनि तीमध्ये कुनैमा पनि “दहेज मुक्त विवाह” भन्ने स्पष्ट उल्लेख नभेटिएको बताइन्। यसले समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्ने उनले उल्लेख गरिन्।

ठाकुरले दाइजो लिनु वा दिनु मात्र नभई दाइजोमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय भएको स्पष्ट पारिन्। उनले यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष असर पार्ने बताइन्।

समाज परिवर्तनका लागि व्यक्तिगत स्तरबाटै पहल आवश्यक रहेको उल्लेख गर्दै उनले सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुने धारणा राखिन्। सोही सन्दर्भमा उनले दाइजो लेनदेन हुने विवाहमा आफू सहभागी नहुने जानकारी पनि गराइन्।

Forbes

उनले विवाह निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश समावेश गर्न आग्रह गर्दै दाइजोमुक्त, समानतामा आधारित विवाह संस्कारलाई प्रोत्साहन गर्न सबैलाई आह्वान गरिन्।

अन्त्यमा उनले सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस कदम चाल्नुपर्नेमा जोड दिएकी छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु