प्रमुख प्रशासकीय अधिकृत भण्डारीद्वारा कार्यभार ग्रहण

एटुजेड समाचार

राप्ती -राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर भण्डारीले कार्यभार ग्रहण गरेका छन् । गत हप्ता संघीय मामिला तथा प्रशासन मन्त्रालयबाट सरुवा भई आएका उनले आजबाट औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् ।

भण्डारीलाई नगरप्रमुख शमशेर लामासहित शाखा प्रमुख तथा नगरमा कार्यरत कर्मचारीहरुले स्वागत गरेका छन् ।

यसअघि भण्डारी जिल्ला हुलाक कार्यालय चितवनका प्रमुखको पदमा रहेका थिए । ३६ औँ वर्षदेखि सेवामा लागेका उनले देशका विभिन्नगरि २२ वटा भन्दा बढी कार्यालयमा काम गरिकसकेका छन् भने उनले ७ औं  कार्यालयको प्रमुख रुपमा आफ्नो पदभार ग्रहण गरेका हुन् ।

स्वागत कार्यक्रममा बोल्दै भण्डारीले मुख्यगरि
सेवा प्रवाह र विकास निर्माण गरि दुई प्रकृतिको काम गर्ने बताए । `सेवाग्राहीलाई सेवा कसरी चुस्त र दुरुस्त ढङ्गले दिन सकिन्छ त्यसतर्फ मेरो मुख्य ध्यान रहन्छ ।´ उनले भने `यो स्थानीय सरकार भएकोले जनप्रतिनिधि र कर्मचारीलाई समन्वय गरि काम गर्नेछु ।´

सेवाग्राही प्रति गरिने व्यवहार राम्रो बनाउने उनको भनाइ छ । उनले अनुगमन कामहरुलाई पनि अगाडि बढाउने बताएका छन् । `उप मेयरको संयोजकत्वमा अनुगमन समिति रहेको हुन्छ । यहाँ भएका विकास निर्माणका कार्यहरुको अनुगमन गर्नु मेरो अर्को काम हुनेछ ।´

प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सुशासनमा आफूले विशेष जोड दिने पनि बताएका छन् । यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल करिब ६ महिना कार्यरत रहि ठूलीभेरी नगरपालिका सरुवा भएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू