चितवन – अहिलेकी सर्वाधिक चर्चित गायिका अस्मिता अधिकारी र गायक सौगात जङ्ग थापाको नयाँ गीत सार्वजनिक भएको छ ।
अस्मिता र सौगातको स्वरमा सजिएको ‘जुनी जुनी’ बोलको रोमान्टिक गीत युट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा झगेन थापाको शब्द रचना र गायक थापाको संगीत छ । संगीत संयोजन विशाल निरौलाले गरेका छन् ।


गीतको भिडियोमा किरण जिग्मे गुरुङ र गीता ढुङ्गाना फिचर्ड छन् । नितिन चन्दले निर्देशन गरेको भिडियोमा राजिव बस्नेतको सिनेमाटोग्राफी छन् । भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन्।