त्रिशुली दुर्घटना अपडेट : चालक र सह-चालक प्रहरीको सम्पर्कमा आए

एटुजेड समाचार

चितवन – चितवनको नाग्दी खोलाबाट त्रिशुलीमा खसेको ट्रकको नम्बर खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ७ ख ७१०३ नम्बरको ट्रक सडकबाट नदीमा खसेको हो । यस्तै ट्रकका चालक र सह-चालक पनि प्रहरीको सम्पर्कमा आएका छन् ।

दुर्घटनामा दुबै जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । आज (शनिबार) बिहान ९:२० बजे मुग्लिनबाट धादिङतर्फ जाँदै गरेको ट्रक इच्छाकामना गाउँपालिका ५ नाग्दीखोलाबाट त्रिशूली नदीमा खसेको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु