चितवन – चितवनको नाग्दीखोलाबाट ट्रक त्रिशुली नदीमा खसेको छ ।
आज (शनिबार) बिहान ९:२० बजे मुग्लिनबाट धादिङतर्फ जाँदै गरेको ट्रक इच्छाकामना गाउँपालिका ५ नाग्दीखोलाबाट त्रिशूली नदीमा खसेको हो । त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


ईलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरीको टोली घटना स्थल पुगेको छ । हालसम्म ट्रकको नम्बर र कति जना सवार थिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
ईट्टाहरु खसेको देखिएकोले ट्रकले ईट्टा बोकेको हुन सक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
फाइल तस्विर
फाइल तस्विर