काठमाडौं – काठमाडौं उपत्यकामा गएको शुक्रबारसम्म हैजा संक्रमितको संख्या १७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ६ देखि २० जनासम्म संक्रमित देखिएको स्थानलाई ‘रेड जोन’मा राखेको छ ।
शुक्रबारसम्म उपत्यकाका ६ पालिकामा संक्रमित देखिएको छ । काठमाडौं महानगरपालिकामा मात्र हैजाका १० संक्रमित रहेको महाशाखाले जनाएको छ ।ललितपुर महानगरपालिकाभित्र पनि दुईजनामा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ । यस्तै, चन्द्रागिरि नगरपालिकामा दुई, कीर्तिपुर नगरपालिकामा एक, कागेश्वरी मनोहरा नगरपालिकामा एक र बूढानीलकण्ठ नगरपालिकामा एकजनामा संक्रमण पुष्टि भएको छ ।हैजा संक्रमित हुनेमा १५ देखि ३४ वर्षसम्मका ११ युवा छन् । पाँच वर्षमुनिका शिशुमा संक्रमण देखिएको छैन

