चितवन – राष्ट्रिय सुचना तथा संचार प्रविधी दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सन्चालन हुने भएको छ । यही बैशाख १८ गते शहिदचोक, नारायणगढमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ चितवन शाखाको आयोजनमा खुल्ला रक्तदान कार्यक्रम सन्चालन हुने भएको।
रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी चितवन शाखाले गर्ने छ भने रक्तदान कार्यक्रम बिहान ८ बजे बाट शुरु हुने छ ।
राष्ट्रिय सुचना तथा संचार प्रविधी दिवसको अवसरमा देशव्यापी कार्यक्रम भईरहेको अवस्थामा चितवनमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको (क्यान) महासंघका केन्द्रिय सदस्य भानु शर्माले बताए । सोही दिन ११० औं पटक रक्तदान गरेका ८१ बर्षिय वृदृलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको उनले बताए ।