‘चकलेटी स्याँउ’मा बले, प्रिज्मा र प्रिन्सीको रोमान्स

एटुजेड समाचार

गायक समिर आचार्य र गायिका स्वस्तिका ढकालको स्वरमा रहेको गीत ‘चकलेटी स्याँउ’ सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको उक्त गीत भिडियो सार्वजनिक भएको हो ।

रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा कलाकार सागर लम्साल ‘बले’को अलवा प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय गरेका छन । भिडियोमा तीनैजना कलाकार रोमान्टिक मुडमा डान्स गरेको देख्न सकिन्छ ।

शान थापाले निर्देशन गरेको भिडियोमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी रहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू