भरतपुरमा बाघको आक्रमणबाट एक महिला घाईते

एटुजेड समाचार

चितवन – भरतपुरमा बाघको आक्रमणबाट एक महिला घाईते भएकी छन् । आज (आईतबार ) भरतपुर महानगरपालिका वडा नम्बर ८ की ४२ बर्षिया मिना लामालाई निउरो टिप्न जाँदा बाघले आक्रमण गर्दा घाईते भएकी हुन्।

मध्यान्न १२:०० बजेको समयमा घरनजिकै रहेको बनदेबी सामुदायिक बनमा निउरो टिप्न जाँदा घाईते भएकी उनको उपचारको लागि भरतपुर अस्पाताल  ल्याईएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु