चितवन – चितवनमा मोटरसाईकल चोरी गर्ने ३ जना युवक पक्राउ परेका छन्। भरतपुर महानगरपालिकाका वडा नम्बर २९ स्थित प्रेम सिंह तामाङको घरको बरन्डामा पार्किङ गरी राखेको ना ४३ प १९३३ न.को मोटर साईकल चोरी गर्ने ३ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिकाका वडा नम्बर १९ शारदानगरका २० बर्षिय आकास तामाङ, पुर्वी नवलपरासी गैडाकोट नगरपालिका ७ गैह्रीटोल स्थाथी घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिकाका वडा नम्बर ५ डेरा गरी बस्ने बर्ष २८ बर्षिय दुर्गा पौडेल, पुर्वी नबलपरासी गैडाकोट नगरपालिका ९ थम्सीका २० बर्षिय सन्दिप आले रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सरोज गिरीले बताएका छन्।


गत बैशाख २० तामाङको घरको बरन्डामा पार्किङ गरी राखेको मोटर साईकल हराएपछी प्रहरी अधिकृत सहितको टोली र प्रहरी बिट कृण्णपुरबाट खटिएको टोलीले अनुसन्धान तथा खोजतलास गर्दै जाँदा उनिहरु मोटर साईकलसहीत पक्राउ परेका हुन्। उनिहरुको प्रहरिले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको डिएसपी गिरीले बताए।