चितवनमा महिलाका नाममा जग्गा पास गर्ने क्रम बढ्दो

एटुजेड समाचार

मनिका विश्वकर्मा,
चितवन – विगत केही वर्षदेखि पुरुषको नाममा भन्दा महिलाको नाममा जग्गा पास गर्ने संख्या बढ्दै गएको छ ।

सरकारले लागु गरेको नयाँ भूमिसुधार ऐनमा उल्लेख भएअनुसार महिलालाई जग्गा पासमा लाग्ने राजश्वमा छुट दिएको कारण महिलाको नाममा जग्गा पास गर्नेको संख्यामा वृद्धि हुदै गएको हो । मालपोत कार्यालयमा जग्गा पास गर्दा महिलालाई २५ प्रतिशत र एकल महिलाको हक ३५ प्रतिशत छुट हँुदै आएको छ । जिल्लाका एउटा मालपोत कार्यालय बाहेक सबैमा महिलाको नाउंँमा पास गर्नेको संख्या बढ्दै गएको छ । जिल्लामा भरतपुर, माडी, चनौली र खैरहनी गरी चार वटा मालपोत कार्यालय छन् ।

भरतपुर मालपोत कार्यालयमा मात्रै २०७६।७७ मा १० हजार १ सय ४४ जनाले जग्गा पास गरेका छन् । जसमा ५ हजार ४ सय ५५ जना महिला रहेका छन् भने ४ हजार ६ सय ८९ जना पुरुष रहेका छन् । चालु आर्थिक बर्ष ०७७÷०७८ को साउन महिनामा मात्रै ७ सय ५६ जनाले जग्गा पास गरेकोमा ३९० जना महिला र ३६६ जना पुरुष छन् ।

यस्तै माडी मालपोत कार्यालयमा२०७६/७७ मा १ हजार ७६ जनाले जग्गा पास गरेका छन् जसमा पुरुषको संख्या ६०६ र महिलाको संख्या ४७० रहेको छ । माडीमा गएको महिना साउन र भदौ गरी १३७ जनाले जग्गा नाममा गरेका छन् । जसमा ८९ जना महिला र ४८ जना पुरुष रहेका छन् ।

यसैगरी चनौली मालपोत कार्यालयमा२०७६÷७७मा ४ हजार ४७ जनाले जग्गा पास गरेका छन् । जसमा २ हजार ५६४ जनामहिलले जग्गापास गरेका छन् भने १ हजार ४८३ जना पुरुषले जग्गा आफ्नो नाममा  पास गरेका छन् । चनौली मालपोतका अधिकृत मुकुन्द पौडेलका अनुसार गएका दुई महिनामा मात्र ४५३ जनाले जग्गा पास गरे । जसमा २६७ जना महिला र १८६ जना पुरुष रहेका छन् ।

Forbes

तर खैरहनीमा रहेको मालपोतमा भने पुरुषको नाममा जग्गा पास गर्ने बढी रहेका छन । कार्यालयका अनुसार २०७६।७७ मा ४ हजार ८१० जनाले जग्गा पास गरेकोमा १ हजार २०४ महिला र ३ हजार ६०६ जना पुरुषले जग्गा आफ्नो नाममा पास गरेका छन । कार्यालयका प्रमुख अनिरुद्र लुईटेलले दुई महिनामा ६४७ जनाले जग्गा पास गरेका छन् । जसमा १५६ महिला र ४९१ पुरुष रहेका छन् ।

मालपोत कार्यालयमा जग्गा खरीदको लागि आएकी स्थानीय रेनुका पाण्डले श्रीमानले कमाएको रकम भएपनि आफ्नो नाममा जग्गा पास गरेको बताइन ।‘ आखिर श्रीमान , श्रीमती जसको नाममा भएपनि एउटै हो । छुट पाएको उपयोग किन नगर्ने ? उनले भनिन, एकअर्काप्रति विश्वास हुनुपर्यो ।’ आर्थिक वर्ष २०७६।७७ मा जिल्लामा १९ हजार ७ सय ७६ जनाले जग्गा पास गरेका छन् । यीमध्ये ९ हजार ६ सय ९३ जना महिलाले जग्गा पास गरेका छन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको जग्गा मुल्याकन समितिले हरेक वर्ष जिल्लाका जग्गाको मुल्यांकन गर्ने गर्दछ । जग्गा पास गर्दा नगरपालिका क्षेत्रका जग्गाको हकमा मुल्यांकनको पांँच प्रतिशत राजश्व र गाउंँपालिका हकमा ४ प्रतिशत राजश्व शुल्क मालपोत कार्यालयले लिने गर्दछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु