गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु

एटुजेड समाचार

गुल्मी – इस्मा गाउँपालिका –२ हस्तीचौर,  रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ ।  सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् ।

इस्मा गाउँपालिका– २ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिराबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए ।

सडकमा हिँड्दै गरेका अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै पहिरामा पुरिएर बेपत्ता बनेका थिए । घटनामा  स्थानीयवासी तिलक कुमालसमेत घाइते भएका छन् ।  सोमबार अपराह्न उक्त क्षेत्रमा ठूलो पानी परेको थियो ।रासस

फाइल तस्विर

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू