चितवन – समाजवादी विद्यार्थी युनियनले सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि मूल्य समायोजन गर्न माग गरेको छ । युनियनका केन्द्रीय अध्यक्ष रुपनारायण श्रेष्ठले आज (बुधबार) एक विज्ञप्ती जारी गर्दै सरकारले बजेट भाषण गर्दा पेट्रोलियम पदार्थमा कर बढेपनी मुल्य बढ्दैन भने पनि निरन्तर तीनपटकसम्म मूल्यवृद्धि गरेको भन्दै विरोध जनाएका हुन्।
कोरोना महामारीको समयमा त्यसको रोकथाम र नियन्त्रणतर्फ ध्यानदिनुपर्ने समयमा मूल्यवृद्धि गरेर जनतालाई मारमा पार्ने काम गरेको उनको विज्ञप्तीमा जनाईएको छ । बजेट भाषणमा ‘कर बढे पनि मूल्य वृद्धि हुँदैन’ भनेर जनतालाई आश्वासन दिएका अर्थमन्त्री युवराज खतिवडाले तीन पटक सम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको उनले बताए।
रोग सँग जोगिन घरभित्रै बसेका जनताको रोजगार गुमेका, रोजगारमा रहेकाले पनि तलब नपाएका बेला सरकारले निरन्तर मूल्यवृद्धि गरेर उल्टै जनतालाई मारमा पार्ने काम गरेको अध्यक्ष श्रेष्ठले बताए। बोलीमा एउटा र व्यवहारमा अर्को कुरा गरेर जनतालाई झुटो आश्वासन देखाएको उनको आरोप छ।
पेट्रोलमा भएको चुहावट रोक्न नसक्ने सरकारले जनतालाई थिच्नेबाहेकको काम गर्न नसकेको उनले बताए। कोरोना कहरले आक्रान्त भइरहेका बेला जनताको धैर्यताको बाँध टुट्न सक्ने भन्दै सरकारलाई धानाकर्षण समेत गराएका छन्।जनताले अत्याधिक बहुमत दिएको जनतालाई नै शोषन गरेर अरबैको भ्रष्चार गर्ने होइन भन्दै सरकारले मूल्यवृद्धिलाई तत्काल फिर्ता नलिइए कोरोना कहरका बीच पनि सडकमा आएर सरकारको चेत खुलाउन बाध्य हुने चेतावनी दिए।