नारायणगढका व्यवसायीको दुखेसो : ‘बैंकको फोन आउँछ तर पसलमा ग्राहक आउँदैनन्’

अस्मिता पराजुली,

चितवन – ‘हिजो त तीनसय रुपैयांँ भए पनि व्यापार भएको थियो, आज त साढे दुई बजिसक्यो एक रुपैया बोहोनी भाछैन’, नारायणगढका एक जना व्यवसायी मलिन अनुहार लगाउंँदै भने । सरकारले असार १ गतेदेखी दैनिक उपभोग्य सामान लगायत अन्य पसलहरु संचालन गर्न दिए सँगै लामो समयसम्म बन्दाबन्दीमा रहेका व्यवसायीले दैनिकी खर्च चलाउन समस्या भएपछि पसल खोल्न थालेका छन् ।

कोभिड १९ का कारण हरेक क्षेत्र अस्तव्यस्त भएसंँगै उनीहरुको व्यवसायलाई पनि गम्भिर असर पुगेको छ । तीन महिनापछि पसल खोल्न पाएका नारायणगढका व्यवसायी खुशी हुनुको सट्टा दुःखी बनेका छन् । पसल खोलेपनि ग्राहक नआउंँदा व्यवसायीको अनुहार उदास देखिन्छ । व्यापार नहुँदा घर भाडा, वित्तिय संस्थाकोे किस्ता, ब्याज कर, कर्मचारी तलब, कर कसरी तिर्ने भन्ने चिन्तामा उनीहरु छन् ।

विगत १६ वर्षदेखि नारायणगढको पुलचोकमा फेन्सी पसल सञ्चालन गर्दै आएका टेकनारायण सापकोटा अहिलेसम्म यस्तो समस्या कहिल्यै भोग्नु नपरेको बताउंँछन् । ‘व्यापार गरेको यतिका समय भईसक्यो तर अहिले जस्तो व्यापारमा संकट कहिलै भएको थिएन् ।’ उनी निराश बन्छन्। लकडाउन अघि दैनिक १२ देखी १५ हजार सम्म व्यापार हुने उनको पसलमा अहिले पांँच–सातसय रुपैयांँको व्यापार हुन पनि धौँ धौँ हुन्छ ।

हुन त स्वास्थ्य, वित्तिय र खाद्यान्नका क्षेत्र बाहेक सबै क्षेत्र शिथिल छ । आर्थिक गतिविधि ठप्प भएपछि यसको असर साना व्यवसायमा पनि पर्ने नै भयो । जसका कारण उनीहरुलाई अहिले आफ्नो व्यापार निल्नु न ओकल्नु भएको छ । उनले सानो स्वरमा भने, “पसल नखोले भाडा तिर्न मुस्किल पसल खोले ग्राहक आउन मुस्किल यस्तो व्यापारले घर परिवार पाल्नै समस्या हुनी भयो ।”

Forbes

‘लकडाउनपछि पसलको आस थियो पसलमा पनि व्यापार हुँदैन सहकारी बैंकबाट दिन दिनै फोन आउँछ अब के गर्ने हो भन्ने चिन्ता लागेको छ । ’उनी थप गम्भिर बन्छन् । सापकोटाको वास्तविकता एउटा प्रतिनिधि घटना मात्र हो । उनीजस्ता सयौं व्यवसायीको हालत उस्तै छ ।

No description available.

विगत १० बर्ष देखी नारायणगढको सहीद चोकमा जुत्ता पसल सञ्चालन गर्दै आएका सन्दिप अर्याल पनि व्यापार नहुंँदा चिन्तित छन् । लकडाउनपछि व्यापार राम्रै होला भन्ने आश गरेका उनको मन अहिले निराशामा परिणत भएको छ । ‘अहिले एक जोर जुत्ता पनि बिक्री हुँदैन । झुक्कियर एक दुई जना ग्राहक आईहाले भने दिनभरिमा २ हजार २५ सय हुन्छ। ’ उनी व्यथा विसाउंँछन्।

लकडाउन खुकुलो भएको महिनौं दिन वितिसक्दा पनि व्यवसायले गति नलिएको उनको भनाई छ । ‘घरमा बस्दा पसल जाउँ जाउ हुन्छ पसल आयो व्यापार नहुदा पसल बस्न मन लाग्दैन ।’उनले विवशता कहे । उनलाई अहिले घरभाडा, बैंकको व्याज र दैनिक खर्चले गलाउंँदै लगेको छ । हुनत लकडाउनका कारण आर्थिक गतिविधि शुन्य भएसंँगै यी व्यवसायीमा असर पर्नेनै भयो । अर्कोकुरा अधिकांश मानिसलाई दैनिक हातमुख जोर्न समस्या परेको बेला अन्य घरायसी सामान खरीद गर्नु परको कुरा हो ।

No description available.

८ बर्ष देखी नारायणगढको मिलन रोडमा कस्मेटिक पसल सन्चालन गर्दै आएकी पार्वती न्यौपानेको गुनासो पनि उनीहरुको जस्तै छ ।‘ विवाहको सिजन होस् या अन्य समय मेरो पसलमा खुट्टा टेक्ने ठाउंँ हुन्थेन अहिले खुट्टा टेक्नपनि ग्राहक आउंँदैनन ।’ उनी विगत र वर्तमानको तुलना गर्छिन्।

पहिला दैनिक १५ देखि १७ हजार सम्म व्यापार हुने पसलमा अहिले ३ देखि ४ हजार मुस्किलले हुने गरेको उनले बताइन् । उनका अनुसार अहिले पसल खोल्नु भनेको कुरेर समय व्यथित गर्नु मात्र भएको छ । एकातिर आवश्यक बाहेक अन्य कामकाजका लगि मानिस बाहिर निस्केका छैनन् । जसका कारण मानिसको चहलपहलनै छैन भने, सार्वजनिक यातायातका साधन पनि चलेका छैनन्।

लकडाउनका कारण उपभोक्ताको यस्ता सामान खरीद गर्ने चाहना हुँदाहुंँदै पनि क्रय क्षमतामा समेत ह्स आएको छ । त्यसैले खाद्यान्न पसलमा समेत ग्राहकको उपस्थिति कम छ । बाध्यताले मानिसले दैनिक उपभोग्य खाद्यवस्तुमा समेत खर्च कटौती गर्दै लगेका छन् ।

नारायणगढको पुल्चोकमा किराना पसल संचालन गर्दै आएकी शोभा श्रेष्ठको मुहारमा पनि खुशी देखिदैन । लकडाउन अघि उनको पसलमा दैनिक ३५ देखि ४० हजार सम्म आम्दानी गर्दै आएकी उनी अहिले पाच सात हजार व्यापारमा चित्त बुझाउनु परेको छ । ‘अझै पनि मानिस बन्दाबन्दीमै छन्, यातायात पनि त्यति चलेका छैनन् । पछि त होलानी ।’ उनमा झिनो आशा जीवितै छ ।

लामो समयको बन्दाबन्दिले हरेक क्षेत्रका व्यापार लगानि तहस नहस बनेका छन् । कोरोनाका कारण विश्वअर्थतन्त्र ध्वस्त भईरहेको बेला नेपालजस्तो विकासोन्मुख देशमा साना व्यवसायी समेत धराशायी हुंँदै जानु सोचनीय बिषय बनेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु