चितवन – चितवनमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालका अनुसार संक्रमित मध्य ४ जना माडीका हुन् भने एक जना भरतपुरका हुन् । संक्रमितहरु माडी नगरपालिका वडा नं. २, ५, ६ र ८ मा एक–एक जना संक्रमित फेला परेका छन् । उनीहरु ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु हुन् । यस्तै भरतपुर महानगरपालिकाको वडा नं. २८ मा २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


