चितवन – समाजबादी पार्टीको जनसंगठनहरुले (आज) बृद्धाआश्रमलाई खाद्यन्न सहयोग गरेका छन । समाजबादी पार्टी अन्तर्गतको समाजबादी बिद्यार्थी युनियन र समाजबादी युवा सङघको सयुक्त पहलमा रत्ननगर नगरपालिका १३ अमिलिया मा रहेको असक्त असहाय बृद्धाआश्रमलाई खाद्यन्न सहयोग गरेका हुन् ।
सङगठले आश्रमलाई चामल, दाल, आलु, सोबिन, प्याज, तेल, मसला लगायत २० हजार बराबरको खाद्यन्न सहयोग गरेको हो । सो अवसरमा युवा सङघका जिल्ला उपाध्यक्ष अश्विन बस्ताकोटीले आफ्नो बाबुको प्रत्येक बर्षको तिथिमा संस्थालाई ५ हजार सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन ।


समाजबादी युवा सङघ चितवन जिल्ला अध्यक्षको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला सचिव बिनोद शर्मा, कोषाध्यक्ष मनोज पोख्रेल, युवा सङघका जिल्ला ईन्चार्ज शूशिल श्रेष्ठ , युवा सङघ भरतपुर महानगरपालिका अध्यक्ष शङकर सुनार, बिद्यार्थी युनियनका अध्यक्ष अनुज जोशी लगाएत पार्टी सङगठनका बिभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।