परिवर्तनका लागि पत्रकारिताले खेलेको भूमिका उल्येख्य छ : मुख्यमन्त्री पौडेल

एटुजेड समाचार

हेटौँडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको राजनीतिक परिवर्तन तथा आम नागरिकको अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज एक सन्देश जारी गरी मुख्यमन्त्री पौडेलले प्रेस स्वतन्त्रताप्रति वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

‘भय र पक्षपातरहित पत्रकारिता’ भन्ने मूल नारासहित आज संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । नेपालको संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रताको कुरा उल्लेख गरिएबाट नै प्रेस स्वतन्त्रताप्रति नेपाल कति संवेदनशील छ भन्ने कुरा जगजाहेर हुन्छ” मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।

नागरिकको चेतनास्तर वृद्धिका लागि नेपाली पत्रकारिताले खेलेको भूमिका उल्लेख्य र अविस्मरणीय रहेको बताएका छन् ।उनले नेपाली पत्रकारिताले पूर्णरुपमा निष्पक्ष र व्यावसायिक बन्न नसकेको आरोप खेपिरहेको बताउँदै वर्तमान अवस्थामा युनेस्कोले सार्वजनिक गरेको यो वर्षको नाराको मूल मर्मअनुसार पत्रकारिता क्षेत्र अघि बढ्नसके नेपाली समाजका लागि ठूलो उपलब्धि हुने कुरामा दुईमत नभएको उल्लेख गरेका छन् ।

उनले सन्देशमार्फत देशको राजनीतिक परिवर्तन तथा आमनागरिकको चेतनास्तर वृद्धिका लागि नेपाली पत्रकारिताले खेलेको भूमिका उल्लेख्य र अविस्मरणीय रहेको भन्दै हरेक क्रिया, प्रतिक्रिया, घटना, परिघटना एवं वस्तुस्थितिका बारेमा जानकारी प्राप्त गर्ने नागरिकको अधिकार रक्षाका लागि पनि पूर्ण प्रेस स्वतन्त्रताको आवश्यकता छ भन्ने कुरामा वाग्मती प्रदेश सरकार स्पष्ट र प्रतिबद्ध रहेको जानकारी गराएका छन् ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू