चितवन – विश्वभर फैलिदै गएको कोरोना भाइरसको सक्रमण रोकथाम तथा नियन्त्रणका लागि चितवनमा लाग्ने बिक्रम बाबा मेला यस बर्ष नहुने भएको छ । चैते दसैंको अवसरमा हरेक वर्ष चैत औंसीदेखि पूणिर्मासम्म गरी १५ दिन चितवन राष्ट्रिय निकुञ्ज भित्र लाग्ने विक्रम बाबा मेला कोरोनाको कारण यस बर्ष नहुने भएको हो ।
आज (बिहिबार) चितवन राष्ट्रिय निकुञ्ज, भरतपुर महानगरपालिकाका २३, २४ र २५ वडा कार्यालय र स्थानीय सरोकारवालाको बीच सम्पन्न छलफलपछि यस वर्ष सो मेला नगर्ने निर्णय गरेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले कोरोना संक्रमण रोकथाममा सहयोग पुर्याउनका लागि नै मेला नगर्ने निर्णय गरिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय चितवनले भिडभाड हुने कार्यक्रमहरु नगर्न गरेको आग्रह अनुसार नै मेला स्थगित गरिएको उनको भनाई छ ।


