राष्ट्रियमा रहेका समाचारहरु

जनकपुरमा जनतापार्टीले जलायो संविधान
-A2z Samachar

  जनकपुरधाम-संविधान दिवसको अवसरमा आज जनकपुरधाममा संविधानको किताबलाई राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले जलाएका छन्। राष्ट्रिय जनता पार्टी नेपालको आयोजनामा युवाहरुले जनक चोकमा कालोपट्टी बाँधी संविधानको बिरोध स्वरुप संविधानका किताब जलाएका छन्। नेपालको संविधान २०७२ बाट असंतुष्ट रहेका राजपाका कार्यकर्ताहरुले संविधानप्रति आफुहरुको...

इन्धनको मूल्य समायोजन, ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घट्यो
-A2z Samachar

  असोज ३,काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य...

हेलिकप्टरबाट फ्रान्सेली पर्यटकको उद्धार
-A2z Samachar

गोरखा,असोज ३ – धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हुँदै लार्केपास गर्न यही असोज १ गते लाप्राक आएकी ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारी सिकिस्त बिरामी परेपछि हेलिकोप्टर चार्टर गरी आज बिहान उद्धार गरिएको...

अज्ञात समूहले षडानन्द नगरपालिकामा बम विस्फोट
-A2z Samachar

भोजपुर,असोज ३ – भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले आज बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक...

पशुपतिमा राष्ट्र कल्याणको सङ्कल्पका साथ विशेष पूजा
-A2z Samachar

काठमाडौं,असोज ३ – संविधान दिवसको उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा राष्ट्र कल्याणको सङ्कल्पले पञ्चामृत स्नानसहितको विशेष पूजा गरिएको छ । सरकारले संविधान एवं राष्ट्रिय दिवस विविध कार्यक्रम आयोजना गरी मनाउन निर्देश गरेपछि बिहानै राष्ट्रदेवका रुपमा पुजिने पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको...

देशभरका ३२ विमानस्थल मध्ये १३ वटा विमानस्थल मात्रै नाफामा
-A2z Samachar

काठमाडौं,असोज ३ – हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन् । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सञ्चालनमा...

हातहातमा झण्डा, मनमनमा संविधान
-A2z Samachar

नारायण ढुङ्गाना, काठमाडौं, असोज ३ – संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको उपलक्ष्यमा आज मुलुकभर आपसमा खुशियाली साटेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । हजारौँको बलिदानपछि सशस्त्र सङ्घर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२...

राष्ट्रपति भण्डारीद्वारा २६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी
-A2z Samachar

काठमाडौं,असोज ३ – संविधान दिवसका अवसरमा सरकारले २६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ भने २२ कैदीलाई माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सजाय माफी दिएकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी...

पर्यटकलाई सर्वसुलभ यात्रा गराउनको लागि स्विफ्ट होलिडेज सञ्चालनमा
-A2z Samachar

काठमाडौँ,असोज ३ – सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेसँगै पर्यटकलाई आरामदायी र सर्वसुलभ यात्रा गराउनको लागि स्विफ्ट होलिडेज सञ्चालनमा आएको छ । पोखरा ६ लेकसाइडमा रहेको यसको मुख्य कार्यालयले सुरक्षित, भरपर्दो, आरामदायी भ्रमणको व्यवस्था गर्दै स्विफ्ट होलिडेज सञ्चालनमा...

जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन वनमन्त्री न्यूयोर्क प्रस्थान
-A2z Samachar

काठमाडौं,असोज ३ – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बस्नेत गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन आगामी...