काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले घरायसी उपभोक्ताका लागि विद्युत् महसुल दर परिवर्तन गर्ने निर्णय गरको छ। आइतबार बसेको प्राकिरण सञ्चालक समिति बैठकले महसुल दर परिवर्तन गर्ने निर्णय गरेको हो। घरायसी उपभोक्ताद्वारा विद्युत् खपत बढेमा महशुल कम लाग्ने गरी दर निर्धारण गरिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ।
प्राधिकरणले यो दरलाई विद्युत् नियमन आयोगबाट स्वीकृत गराएपछि कार्यान्वयनमा आउनेछ। प्राधिकरणको हालको विद्युत् महसुल दरअनुसार घरायसी उपभोक्ताले जति बढी विद्युत् महसुल उपभोग गर्यो, उति महँगो दर लागू हुँदै जाने व्यवस्था छ। यो व्यवस्था परिवर्तन गरेपछि घरायसी उपभोक्ताले बढी विधुत् खपत गर्ने प्राधिकरणको विश्वास छ।
आगामी बर्षदखि बर्षायाममा खपतभन्दा बढी विद्युत उत्पदन हुने अनुमानसहित प्राधिकरणले विद्युत् खपत बढाउने उपायको खोजी गरिरहेको छ। नयाँ दर कायम गर्न ब्लकु समेत परिवर्तन गरिएको प्राधिकरणले जनाएको छ। अब उपभोक्ताले जति बढी विद्युत् खपत गर्छन्, उति नै सस्तो दर तिर्नुपर्नेछ।
प्राधिकरणले घरायसी उपभोक्ताका लागि ० देखि १०, ११ देखि २०, २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि १५०, १५१ देखि २०० र २०० सयदेखि ४०० युनिटसम्म विद्युत् खपत गर्नेलाई वर्गीकरण गरी नयाँ शुल्क निर्धारणको सिफारिस गरेको हो, यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।पत्रपत्रीकाबाट


