चितवनमा दिप प्रज्वलन गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

एटुजेड समाचार

चितवन – अन्तराष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज (सोमबार) देखि सुरु भएको छ । भरतपुरको चौबिसकोटिमा आज दिप प्रज्वलन गरी अभियान शुभारम्भ गरिएको हो ।

महिला अधिकारकर्मी मिना खरेलको अध्यक्षतामा ‘समनताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ   विभिन्न महिला संघसंस्थाहरु, महिला जनप्रतिनिधी लगायतको उपस्थितिमा अभियान सुरु गरेको थियो । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्नको लागि अभियान गरिएको हो । कसैलाई हिंसा गर्दैनौ भनी उल्टो भि आकारको सेतो रिबन लगाईएको थियो । यौनजन्य हिंसा विरुद्ध साझा अभियानको आयोजनामा कार्यक्रम गरेको हो ।

त्यसैगरी चितवन जिल्लामा रहेका क्षेत्रहरुमा विभिन्न संघसंस्थाको आयोजनामा यो अभियान संचालन गरिनेछ । भोली रत्ननगर नगरपालिकामा अखिल नेपाल महिला संघले ‘स्थानियसंग अन्तरकृया’ गरिने यौनजन्य हिंसा विरुद्ध साझा अभियानकी सहसंयोजक संगिता भट्टराईले बताईन । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।

नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । यो वर्ष ‘समानताको पुस्ता : बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको अभियान देशभर नै सञ्चालन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्बन्धित आग्रह गरेको छ ।

हरेक वर्ष अभियान गरिए पनि अझै पनि बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथा समाजमा रहेकाले महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य हुने गरेका छन् ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु