इलाममा पनि चलचित्र ‘घरजम’ प्रदर्शन गरिने

एटुजेड समाचार

कात्तिक १८ – सामाजिक कथामा आधारित चलचित्र ‘घरजम’ इलाममा पनि प्रदर्शन गरिने भएको छ । लिम्बू जातिमा आधारित विहेबारी र संस्कृतिसँग जोडिएको उक्त चलचित्र यही कात्तिक ३० गते प्रदर्शन गरिने निर्देशक मौसन इम्बुङले जानकारी दिए ।

जातीय र मौलिक संस्कृतिसँग जोजिएको सो चलचित्र यसअघि पूर्वाञ्चालका विभिन्न जिल्ला प्रदर्शन गरिएकामा ४० हजारले अवलोकन गरिसकेको उनले बताए । हाल हङकङमा बस्ने प्रवासी नेपालीहरुको लगानी रहेको उक्त चलचित्र नेपालबाहिर पनि देखाइने बताइएको छ ।

https://www.youtube.com/watch?v=CnEzyYp_aEI

रू ८० लाखभन्दा बढी खर्च भएको चलचित्र अब चलचित्र घरमा समेत प्रदर्शन गरिने जनाइएको छ । लिम्बू विद्यार्थी मञ्चको संयोजनमा इलाममा चलचित्र प्रदर्शन गर्न लागिएको हो । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु