नवलपरासीका तीन युवालाई भारतले ‘अन्तर्राष्ट्रिय युवा अवार्ड’ प्रदान

एटुजेड समाचार

नवलपरासी,असोज २८ – पश्चिम नवलपरासीका एक युवालाई शान्ति निर्माण र द्वन्द्व व्यवस्थापनको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भारत सरकारले अन्तर्राष्ट्रिय युवा अवार्ड प्रदान गरेको छ ।

शान्ति अभियान नेपाल नवलपरासी शाखाका अध्यक्ष अनुप न्यौपानेलाई नेसनल युथ अवार्डिज फेडरेसन भारत र राष्ट्रिय युथ अवार्ड(भारत सरकार)ले आइतबार सम्मान गरेको हो ।

न्यौपानेलाई दिल्लीमा आयोजित विशेष समारोहमा अन्तर्राष्ट्रिय अवार्डले सम्मान गरेको थियो । यसअघि गत वर्ष पनि न्यौपानेलाई बंगलादेश सरकारले शान्ती क्षेत्रमा काम गरेको भनी अन्तर्राष्ट्रिय युवा र शान्ति अवार्ड–२०१८ बाट सम्मान गरेको थियो ।

सोही अवसरमा युवाको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएकोमा शान्ति अभियान नेपाल नवलपरासीकै महासचिव लिण्डा कालामगर अन्तर्राष्ट्रिय युवा अवार्ड प्रदान गरेको छ । यसैगरी बालबालिकाको क्षेत्रमा उल्लेख्नीय योगदान पु¥याए भन्दै सुनवल नगर बाल सञ्जालका सदस्य सन्देश खरेल पनि अन्तर्राष्ट्रिय बालबालिका अवार्डबाट सम्मान गरेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु