दशैँमा दुई दिन, मादक पदार्थ बिक्री वितरणमा रोक

एटुजेड समाचार

असोज १९ – स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । कञ्चनपुरका सहायक प्रजिअ गोर्कणप्रसाद उपाध्यायले दशैँमा दुई र तिहारमा दुई दिन मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको जानकारी दिए ।

उनले मादक पदार्थ सेवनबाट हुन सक्ने गतिविधिलाई निरुत्साहित गरी चाडपर्व व्यवस्थित बनाउने उद्देश्यले सरोकारवाला निकायसितको समन्वयमा सो निर्णय गरिएको बताए ।

नवमी र दशमीमा गरी ४८ घण्टा मदिरा बिक्री नगर्ने सहमति भएको र तिहारमा पनि भाइटीकालाई मध्य नजर गर्दै ४८ घण्टा बिक्री बन्द हुने सहायक प्रजिअ उपाध्यायले जानकारी दिए । यसैगरी स्थानीय प्रशासनकै अगुवाइमा बजार क्षेत्रमा स्थानीय तहसहित बजार अनुगमन गरिरहेका छन् । यस्तै सुरक्षा व्यवस्था मजबुद बनाउन जिल्ला प्रहरी कार्यालयले जिल्लाका नौ वटै स्थानीय तहमा आठ सयभन्दा बढी प्रहरी परिचालन गरेको छ ।

यसअघि चाडपर्वका बेला २४ घण्टाका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउँदै आइएको थियो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा उपभोक्ता संरक्षण मञ्च, मदिरा व्यवसायी सङ्घ, कञ्चनपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु