उच्च अदालत पाटन परिसरमा एनआइसी एशिया बैंकको काउण्टर राखिने

एटुजेड समाचार

काठमाडौं,असोज १० – एनआइसी एशिया बैंक लिमिटेड र उच्च अदालत पाटन, ललितपुरबीच उच्च अदालत पाटन परिसरमा बैंकको विस्तारित काउण्टर संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र उच्च अदालत पाटनको तर्फबाट अदालतका रजिष्ट्रार बाबुराम दाहालले हस्ताक्षर गरेका छन् ।

उच्च अदालत परिसरमा काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकले विश्वास लिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु