बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

एटुजेड समाचार

तनहुँ,असोज ४ – तनहुँको आबुखैरेनीमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

आज बिहान ९ बजे पोखराबाट मुग्लिङ आउदै गरेको लु १ ख ८००२ नम्बरको बसले एउटै दिशाबाट आउँदै गरेको बा९९प१४७३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा चालक २८ वर्षका यम बहादुर थापाको घटना स्थलमै मृत्यु भएको छ ।

मृतक थापा सहिद लखन गाउँपालिका वडा न २ गोरखा निवासी हुन् । बस चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ । स्थानियद्वारा राजमार्ग यातायात अबरुद्ध गराएको छ । राज मार्ग अबरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु